NL न्यूज
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई प्रकारको अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् ।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै जेन–जी आन्दोलनको स्वीकार नगर्ने प्रवृत्ति र आन्दोलनको जगमा राजनीतिक स्वार्थको लागि काम गर्ने प्रवृत्ति दुवै अतिवादी रहेको भन्दै यस्ता सोचले भविष्यमा पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए ।
सभापति थापाले स्पष्ट पार्दै भने 'नेपाली कांग्रेस दुवै अतिवादी धारसँग असहमत छ र अब सरकारले कुनै निहत्था नागरिकको ज्यान नलिनु पर्ने वातावरण निर्माण गर्नु आवश्यक छ।' उनले भने,“यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुँदैन। अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुँदैन। त्यसको लागि भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ। एउटा प्रवृत्ति छ जसले घटनालाई इन्कार गर्छ र भन्छ २३ गते अगाडि देश ठिकठाक थियो। अर्को प्रवृत्ति छ जसले चुपचाप बस्छ र त्यस आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिक स्वार्थको रोटी मात्र सेक्छ। दुवै प्रवृत्ति अतिवादी हुन्। नेपाली कांग्रेस यी दुवैसँग सहमत छैन। हामी भिन्न सोचका साथ उभिएका छौं।”
थापाले अब कुनै पनि व्यक्ति वा समूहले सिंहदरबार जलाउन नसक्ने सुनिश्चित गर्नुपर्ने पनि दाबी गरे ।

प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१८:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्