NL न्यूज
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको दिगो विकासका लागि संविधान र कानुनका प्रावधान परिमार्जन गर्नुपर्ने बताएका छन्।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णालीको यार्सागुम्बा, मार्सीधान र जडीबुटीको गीत गाएर मात्रै विकास हुँदैन। कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो र राराका बारे कविता लेख्न सकिन्छ, तर अझै पनि ४० प्रतिशत गरिबी र बेरोजगारी छ। यसको गहिरो समीक्षा हुनुपर्छ। म आएपछि सबै ठीक हुन्छ, पुरानाले गरेन भनेर भागेर मात्र हुँदैन।”
थापाले काठमाडौं महानगरको उदाहरण दिँदै भने, “काठमाडौंको स्थानीय सरकारले सबैभन्दा धेरै घरबहाल कर उठाउँछ, तर कर्णालीमा मात्र ५२ करोड रूपैयाँ आर्जन हुन्छ। यहाँ यातायात वा घरबहाल करबाट ठूलो रकम उठ्दैन। कर्णालीको विकासको लागि पहिलो मुद्दा संविधान र कानुनमा परिवर्तन गर्नु हो। हामीले ५२ करोडबाट ५२ अर्ब उठाउन सक्नुपर्छ।”
उनले आफ्नो प्रतिपक्षी, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहतर्फ लक्षित गर्दै भने, “प्रधानमन्त्री भएपछि चटक वा जादु गरेर मात्र काम हुँदैन। संविधान र कानुनमा आवश्यक परिमार्जन गर्नुपर्छ। कर्णालीमा आर्थिक स्रोत कम छ र खर्च गर्ने क्षमता सीमित छ। अब आर्थिक वर्षको सुरूवातको समयमै परिवर्तन गरेर प्रभावकारी खर्च गर्नुपर्छ।”

प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१८:११
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्