NL न्यूज
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील निर्वाचन क्षेत्रहरूमा ‘विशेष कमाण्ड’ बनाएर उच्च तहका अधिकृतहरू परिचालन गरेको छ। हेभिवेट भिडन्त हुने सम्भावना भएका जिल्लाहरूमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रुपन्देही लगायतका जिल्लामा सुरक्षा कमाण्ड एसएसपीले गर्ने व्यवस्था गरिएको छ। विशेष गरी झापा जिल्लाको सुरक्षा नेतृत्व एसएसपी गोविन्द अधिकारीले, सर्लाही र रौतहट एसएसपी सुरेश काफ्लेले, दोलखा नान्तिराज गुरुङले, काभ्रे र सिन्धुपाल्चोक विनोद सिलवालले, रुपन्देही र कपिलवस्तु ऋषिराम कँडेलले, कास्की र स्याङ्जा जनार्दन जिसीले, डोटी र अछाम राजेन्द्र प्रसाद धमलाले गर्ने गरी परिचालन गरिएको छ।
प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार संवेदनशील आकलन गरिएका ३१ जिल्लामा एसएसपीहरूलाई थप सहयोगको रूपमा परिचालन गरिएको छ। तराईका जिल्लामा सुरक्षा ‘थ्रेट’ उच्च आकलन भएकाले एसएसपी, पहाडी जिल्लामा एसपीहरूलाई सुरक्षा समन्वयका लागि खटाइएको छ।
सिन्धुली र मकवानपुर हेर्ने एसएसपी प्रभु ढकाल, नुवाकोट र रसुवा हेर्ने एसएसपी दिलीप घिमिरे परिचालन गरिएको छ।
सबैभन्दा चुनौतीपूर्ण जिल्ला झापालाई लिइएको छ। झापा–५ बाट प्रमुख पार्टी नेताहरू प्रतिस्पर्धा गर्न लागेका छन्, जसले ठुलो राजनीतिक शक्ति संघर्ष हुने आकलन गरिएको छ। यसलाई मध्यनजर गर्दै झापामा एसएसपीसहित एक एसपीलाई मात्रै उक्त निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ। सुरक्षा मद्दतको रूपमा झापामा ९ सय प्रहरी परिचालित छन् र २३ जना वरिष्ठ अधिकृत (इन्स्पेक्टर र माथि) खटाइएको छ।
काठमाडौँ उपत्यकामा हरेक क्षेत्रमा एसपीले प्रत्यक्ष सुरक्षा कमाण्ड सम्हाल्नेछन्। काठमाडौँ, भक्तपुर र ललितपुरमा सुरक्षा अनुगमन एसएसपीहरूको जिम्मेवारीमा छ।
काठमाडौँ निर्वाचन क्षेत्र १–४: एसएसपी रमेश बस्नेत
क्षेत्र ५–७: एसपी सोमेन्द्र सिंह राठौर
क्षेत्र ८–१०: एसपी नवराज अधिकारी
ललितपुर: एसपी सन्तोष खड्का
भक्तपुर: एसएसपी प्रवीण धिताल
यस व्यवस्थाले निर्वाचनको निष्पक्षता र सुरक्षा सुनिश्चित गर्न उच्च तहका प्रहरी अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१८:०१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्