Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

‘भुलभुलैयामा नपर्नू’ : सुर्खेतबाट कांग्रेसको कार्यकर्तालाई गाउँ पस्न आह्वान

सुर्खेत — चुनावी सभामा भावनात्मक अपिल गर्दै कांग्रेस सभापति गगनकुमार थापाले कार्यकर्तालाई घर–घर पुग्न निर्देशन दिएका छन्। “यो उत्साह मैदानमा मात्रै होइन, गाउँ–गाउँमा पुग्नुपर्छ,” उनले भने।

यथास्थितिवाद र अतिवाद दुवैले देशलाई अघि बढाउन नसक्ने दाबी गर्दै उनले कांग्रेस सुध्रिएर आएको र देश पनि बदल्ने दाबी गरे। “पाँच वर्ष देशलाई दुर्घटनामा जान दिन्नौँ,” उनले दोहोर्‍याए।

उनले मतदातालाई पाँच वर्षलाई ‘परीक्षण’ नगर्न आग्रह गर्दै कांग्रेसलाई स्पष्ट जनादेश दिन आह्वान गरे। सुर्खेतबाट गरिएको यो सम्बोधनमार्फत थापाले कर्णालीलाई चुनावी एजेन्डाको केन्द्रमा राख्ने संकेत दिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार