Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कर्णालीको गरिबी र असमानतामाथि थापाको प्रश्न : ‘१७ प्रतिशत देश, ४० प्रतिशत कर्णाली किन?’

सुर्खेत — कर्णालीको संरचनागत समस्यामाथि केन्द्रित हुँदै कांग्रेस सभापति गगनकुमार थापाले गरिबी र विकास असमानतामाथि गम्भीर प्रश्न उठाएका छन्। देशभर गरिबी दर करिब १७ प्रतिशत हुँदा कर्णालीमा करिब ४० प्रतिशत किन रहेको छ भन्ने प्रश्न उनले राखे।

कर्णालीको वार्षिक आय ५२ करोड रुपैयाँमात्र रहेको र काठमाडौं महानगरपालिकाको बजेट १० अर्ब रहेको तुलना गर्दै उनले स्रोत वितरणमा असमानता रहेको संकेत गरे। “यहाँ सडक र यातायात नै कम छन्, त्यसैले कर पनि कम उठ्छ,” उनले भने।

कर्णालीको विकासका लागि संविधान र कानुन संशोधन गरी राजस्व अधिकार विस्तार गर्नुपर्ने उनले औंल्याए। खर्च संरचनामा रहेको मौसमी सीमा र बजेट फ्रिज हुने अवस्थाले विकास अवरुद्ध भएको उनको तर्क थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार