NL न्यूज
सुर्खेत — कांग्रेस सभापति गगनकुमार थापाले राज्य शक्तिको प्रयोगबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले कुनै पनि निहत्था नागरिकको ज्यान सरकारको गोलीबाट जान नहुने र कुनै पनि समूहले हिंसात्मक गतिविधि गर्न नहुने बताए।
भदौ २३ र २४ गतेको आन्दोलन प्रसंग उल्लेख गर्दै उनले आन्दोलन र विध्वंसबीच फरक छुट्याउनुपर्ने धारणा राखे। “भदौ २३ को जिम्मा लिन्छु तर २४ को विध्वंसको जिम्मा लिँदिन भन्ने सोचले देशलाई दुर्घटनामा लैजान सक्छ,” उनले चेतावनी दिए।
विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै उनले विगतका काण्डहरूको निष्पक्ष छानबिन गर्ने र कसैले गल्ती गरे छुट नपाउने प्रतिबद्धता जनाए। “मेरो परिवारको कोही परे पनि छुट्दैन,” उनले भने।
प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१७:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्