Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुर्खेतबाट गगन थापाले गरे ‘स्वर्णिम पाँच वर्ष’को वाचा

सुर्खेत — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षलाई “नेपालको इतिहासमै स्वर्णिम अवधि” बनाउने दाबी गरेका छन्। कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताएर देशलाई स्थिरता र गति दिन आग्रह गरे।

विगत पाँच–छ वर्ष सरकार गठन र विघटनमै सीमित भएको उल्लेख गर्दै उनले गठबन्धन राजनीतिले युवापुस्तामा निराशा बढाएको बताए। अब ०८२ देखि ०८७ सम्मको अवधिलाई परिणाममुखी बनाउने दाबी गर्दै उनले हरेक महिना प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। “वैशाख १ गते आएर एक महिनामा के गर्यौँ भन्छौँ, जेठ १ गते फेरि भन्छौँ,” उनले भने।

थापाले सबै दलसँग साझा विकास योजना बनाउन तयार रहेको जनाउँदै नआउने पक्षप्रति असन्तुष्टि व्यक्त गरे। कर्णालीलाई विकासको मूलधारमा ल्याउन संविधान र कानुन संशोधनसम्मको पहल गर्नुपर्ने उनको भनाइ थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार