NL न्यूज
काठमाडौं । फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा २२ वटा कम्युनिष्ट तथा समाजवादी धारा समेटेर गठन गरिएको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले औपचारिक रूपमा आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा हस्ताक्षर गरेको अपिलमा विगतका राजनीतिक कमजोरी सच्याउँदै नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’
‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने मुख्य नारासहित सार्वजनिक अपिलमा सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखिएको छ। पार्टीले ‘तारा’ चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गर्दै अबको चुनावलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई देशको समग्र दिशा तय गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।
पार्टीले वर्तमान निर्वाचन प्रणालीमाथि नै प्रश्न उठाएको छ। अपिलमा उल्लेख गरिएअनुसार अहिलेको चुनाव प्रक्रिया अत्यधिक खर्चिलो, भड्किलो र जटिल बन्दै गएको छ, जसका कारण स्वच्छ प्रतिस्पर्धा कमजोर हुँदै गएको दाबी गरिएको छ। कुनै पनि दलले स्पष्ट बहुमत नपाउने र त्यसपछि बन्ने अस्थिर गठबन्धन सरकारहरूले नीति निरन्तरता दिन नसकेको निष्कर्ष पार्टीको छ। त्यसैले कम खर्चिलो, पारदर्शी र सरल निर्वाचन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
संविधान समीक्षा र ‘वैज्ञानिक समाजवाद’को लक्ष्य
अपिलमा वर्तमान संविधानप्रति प्रतिबद्धता दोहोर्याइएको छ। जनआन्दोलन र जनयुद्धसहितका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउँदै संविधान खारेज गर्न खोज्ने अतिवादी सोचको प्रतिवाद गर्ने पार्टीको अडान छ। तर, संविधानलाई स्थिर दस्तावेज नभई समयानुकूल समीक्षा र परिमार्जन गर्नुपर्ने दस्तावेजका रूपमा हेर्दै आवश्यक सुधार गर्नुपर्नेमा जोड दिइएको छ।
लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई थप सुदृढ गर्दै देशलाई ‘वैज्ञानिक समाजवाद’तर्फ अघि बढाउने लक्ष्य अपिलमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। सामाजिक न्याय, समान अवसर र राज्यको सक्रिय भूमिकालाई आधार बनाउने आर्थिक तथा राजनीतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’
सुशासनलाई केन्द्रीय एजेन्डा बनाएको पार्टीले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने घोषणा गरेको छ। हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव अपिलमा समेटिएको छ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने नीतिगत अडान पनि व्यक्त गरिएको छ।
संघीयताको मर्मअनुसार सेवा प्रवाह जनताको घरदैलोमै पुर्याउने, कमिसनतन्त्र र ढिलासुस्ती अन्त्य गर्ने तथा प्रशासनिक पारदर्शिता बढाउने प्रतिबद्धता दोहोर्याइएको छ। राज्य संयन्त्रभित्र फैलिएको बेथितिलाई संरचनागत रूपमा सुधार नगरेसम्म राजनीतिक परिवर्तनले अर्थ नपाउने दाबी गरिएको छ।
आत्मनिर्भर अर्थतन्त्रको खाका
आर्थिक रूपान्तरण अपिलको अर्को प्रमुख पक्ष हो। आयातमा आधारित राजस्व प्रणाली र बढ्दो व्यापार घाटाले अर्थतन्त्रलाई अस्थिर बनाएको उल्लेख गर्दै कृषि, उद्योग, जलस्रोत र पर्यटनमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने, श्रमशक्ति पलायन रोक्ने र साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ। दलाल पुँजीवाद, कालोबजारी, मिटरब्याज र कर छलिजस्ता आर्थिक विकृतिलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि गरिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आवासलाई आधारभूत अधिकारका रूपमा व्यवहारमा लागू गर्ने वाचा अपिलमा समावेश छ।
सामाजिक न्याय र विभेद अन्त्य
समाजमा विद्यमान छुवाछुत, छाउपडी, बोक्सी प्रथा लगायतका कुप्रथाको अन्त्य गर्न कानुनी र सामाजिक दुवै स्तरमा अभियान चलाउने घोषणा गरिएको छ। वर्गीय, जातीय, लैंगिक र क्षेत्रीय विभेद अन्त्य गर्दै समानतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
राष्ट्रिय स्वाधीनता र स्वतन्त्र परराष्ट्र नीति
राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा पार्टीको अर्को प्राथमिकता रहेको उल्लेख छ। पञ्चशीलका सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, कुनै पनि विदेशी हस्तक्षेप अस्वीकार गर्ने र छिमेकीसहित सबै देशसँग समानताका आधारमा सम्बन्ध विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। असमान सन्धि सम्झौताहरू पुनरावलोकन गर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने विषयलाई पनि जोड दिइएको छ।
चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण
२२ दल र समूह मिलेर बनेको यो गठबन्धनले आफूलाई वाम–समाजवादी धाराको पुनर्संरचना प्रयासका रूपमा प्रस्तुत गरेको छ। विगतका विभाजन र अस्थिरताबाट पाठ सिक्दै एकीकृत ढंगले अघि बढ्ने सन्देश अपिलमार्फत दिन खोजिएको देखिन्छ। फागुन २१ को निर्वाचनलाई पार्टीले केवल संसदीय प्रतिस्पर्धा नभई ‘राजनीतिक सुधार र नीति परिवर्तनको जनमत संग्रह’का रूपमा चित्रित गरेको छ। मतदाताले दिएको जनादेशले आगामी राजनीतिक कोर्स निर्धारण गर्ने भएकाले सोचविचार गरेर मतदान गर्न आग्रह गरिएको छ। चुनावी मैदानमा अनेक दल र एजेन्डाबीच प्रतिस्पर्धा भइरहँदा नवगठित नेकपाको यो अपिलले वाम मतदातालाई पुनः एकताबद्ध गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न अब मतपेटिकाले तय गर्नेछ।

प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१६:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्