Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चुनावअघि शेरबहादुर देउवा सिंगापुर प्रस्थान, स्वास्थ्य फलोअपका लागि विदेश यात्रा

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का अपदस्थ सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

देउवा निकट स्रोतका अनुसार उनी बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका हुन्। परिवारका सदस्यसहित उपचारको फलोअपका लागि उनी विदेश गएको दाबी गरिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, स्रोतहरूका अनुसार यो यात्रा पूर्ण रूपमा स्वास्थ्यसँग सम्बन्धित छ।

माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवा सक्रिय राजनीतिबाट टाढा देखिँदै आएका छन्। निर्वाचन आयोग ले थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि देउवा सार्वजनिक राजनीतिक कार्यक्रममा देखिएका छैनन्।

यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए। स्रोतका अनुसार त्यही उपचारको निरन्तरता स्वरूप यसपटक फलोअप जाँचका लागि उनी पुनः सिंगापुर गएका हुन्। आगामी निर्वाचनमा कांग्रेसले देउवालाई उम्मेदवार बनाएको छैन। त्यसैले उनी चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष रूपमा संलग्न छैनन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार