Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ट्रम्प भन्छन्,'भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त भयो'

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको बताएका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले जबरजस्ती नियन्त्रणमा लिएपछि भएको हो। ट्रम्पले सम्बोधनमा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेकोसमेत बताए। भेनेजुएलालाई नयाँ मित्र तथा साझेदारका रुपमा चित्रण गर्दै उनले भेनेजुएलाबाट अमेरिकाले ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेका बताएका हुन्। 

जनवरी ३, २०२६ मा अमेरिकी विशेष सेनाले काराकासमा आक्रमण गरी मदुरोलाई पक्राउ गरेको थियो। मदुरोलाई ड्रग ट्राफिकिङ तथा अन्य अपराधका आरोपमा न्यूयोर्कको अदालतमा लगिएको छ। यसपछि अमेरिकाले भेनेजुएलाको तेल निर्यात नियन्त्रणमा लिएको र प्रतिबन्धहरू केही खुकुलो बनाएको छ। जसले तेल उत्पादन बढाउने लक्ष्य राखेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार