Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रदीप पौडेलको पहलमा काठमाडौंंका उम्मेदवारहरुको ‘भिजन १०’ सार्वजनिक हुँदै

काठमाडौं । संघीय राजधानी क्षेत्रअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस उम्मेदवारहरूले आज विकासको साझा मार्गचित्र ‘भिजन १०’ सार्वजनिक गर्ने भएका छन्।

दिउँसो आयोजना हुने कार्यक्रममा तीनवटै जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरूको उपस्थितिमा साझा प्रतिबद्धता सार्वजनिक गरिने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलको सक्रियतामा उपत्यकाको दीर्घकालीन विकासलाई लक्षित गर्दै पाँच वर्षे कार्ययोजना तयार पारिएको हो।

पौडेलका अनुसार संघीय राजधानीका रूपमा रहेको उपत्यकाले भोगिरहेका यातायात व्यवस्थापन, पूर्वाधार विस्तार, शहरी व्यवस्थापन र वातावरणीय चुनौतीजस्ता विषयलाई प्राथमिकतामा राखेर खाका तयार गरिएको छ। उम्मेदवारहरूबीच चरणबद्ध परामर्शपछि साझा एजेन्डा तय गरिएको उनले बताए।
“समग्र उपत्यकाको विकास हाम्रो प्राथमिकता हो। छुट्टाछुट्टै भन्दा साझा रूपमा मुद्दा उठाउँदा कार्यान्वयनमा सहजता हुन्छ,” पौडेलको भनाइ छ।

सुशन वैद्य ले कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेस उम्मेदवारहरूको सहभागिता रहने जानकारी दिए। उनका अनुसार ‘भिजन १०’ ले उपत्यकाको समन्वित विकासका लागि साझा धारणा र स्पष्ट कार्यदिशा प्रस्तुत गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार