NL न्यूज
सूचना प्रविधिको क्षेत्रमा उच्च तलब र आकर्षक सुविधा दिने आश्वासन। विदेशमा सुरक्षित र आधुनिक कार्यस्थलको सपना। तर यथार्थ भने बिलकुल उल्टो। पछिल्लो समय नेपाली युवालाई दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा पुर्याएर अनलाइन स्क्यामिङ अर्थात् ठगी धन्दामा फसाउने क्रम भयावह रूपमा बढेको सरकारी तथ्यांकले देखाएको छ।
बेरोजगारीको मार, गिरोहको जाल
परराष्ट्र मन्त्रालय का अनुसार मुलुकमा बढ्दो बेरोजगारीको फाइदा उठाउँदै संगठित गिरोहहरूले युवालाई लक्षित गरिरहेका छन्। थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस र भियतनाम जस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर उनीहरूलाई त्यहाँ पुर्याइन्छ। पुगेपछि भने उनीहरू अनलाइन ठगी केन्द्रमा बन्दीसरह काम गर्न बाध्य हुन्छन्। मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार विशेषगरी कम्प्युटरसम्बन्धी ज्ञान भएका तथा संयुक्त अरब इमिरेट्स र मलेसियामा लामो समयदेखि कार्यरत नेपालीहरू गिरोहको निशानामा पर्ने गरेका छन्। उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीसम्बन्धी गतिविधिमा संलग्न गराइन्छ।
लक्ष्य पूरा नगरे यातना
पीडितहरूलाई निश्चित ‘टार्गेट’ तोकिन्छ। लक्ष्य पूरा गरे पारिश्रमिक दिने भनिए पनि प्रायः त्यसो हुँदैन। लक्ष्य पूरा गर्न नसके शारीरिक र मानसिक यातना दिने, झुटा आरोप लगाएर आर्थिक शोषण गर्ने, राहदानी खोस्ने, हिँडडुलमा रोक लगाउने, र अर्को व्यक्ति नआएसम्म नछोड्ने जस्ता गुनासा मन्त्रालयमा दर्ता भएका छन्। कतिपय अवस्थामा उनीहरूलाई बन्धक बनाइन्छ। परिवारसँग सम्पर्क गर्न समेत नदिने, धम्की दिने र कुटपिट गर्ने घटनाहरू बढ्दै गएको अधिकारीको भनाइ छ।
उद्धारको प्रयास, तर समस्या बढ्दो
परराष्ट्र मन्त्रालयले थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासमार्फत उद्धार प्रयास जारी राखेको जनाएको छ। सम्बन्धित देशका सरकारी निकायसँग समन्वय गर्दै आपराधिक गतिविधि निरुत्साहित गर्न कूटनीतिक पहल भइरहेको छ। मन्त्रालयका अनुसार हालसम्म स्क्यामिङ केन्द्रबाट ३९२ नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थप ३०९ जना उद्धार प्रक्रियामा छन्। तीमध्ये ३० जना म्यानमारस्थित एक स्क्यामिङ सेन्टरमा पर्खाइमा छन्।
गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। उनीहरूलाई रिहा गराउन औपचारिक पत्राचार प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
कम्बोडियामा मात्रै २४८ जना पर्खाइमा
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कम्बोडियामा मात्रै २४८ जना नेपाली उद्धारको पर्खाइमा छन्। सन् २०२२ यता उद्धार गरिएका नेपालीको संख्या ३९२ पुगे पनि अझै कति नेपाली त्यस्ता केन्द्रमा फसेका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, त्यसपछिको वर्ष १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म १६८ जनाको उद्धार गरिएको छ। वर्षैपिच्छे संख्या बढ्दै गएको तथ्यांकले समस्या गम्भीर बन्दै गएको संकेत गर्छ।
कसरी पुग्छन् युवाहरू जालोमा?
२० देखि २५ वर्ष उमेर समूहका, कम्प्युटर तथा अंग्रेजी भाषाको ज्ञान भएका युवाहरू मुख्य लक्ष्यमा पर्ने गरेका छन्। कतिपय श्रम स्वीकृति लिएर जान्छन्, कतिपय भ्रमण भिसामा। धेरैजसो पीडित आफ्नै गाउँघरका चिनजान वा आफन्तमार्फत त्यस्ता गिरोहसम्म पुग्ने गरेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीको नाममा हुने अनलाइन ठगी र साइबर दासताबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आकर्षक तलब र सहज प्रक्रियाको प्रस्ताव आएमा आधिकारिक निकायमार्फत सत्यापन गर्न पनि मन्त्रालयले सुझाव दिएको छ। डिजिटल युगमा रोजगारीको अवसर बढे पनि त्यसै अनुपातमा जोखिम पनि बढेको छ। सपनाको जागिर खोज्दै विदेश पुग्ने धेरै नेपाली युवाका लागि त्यो सपना अहिले दुःस्वप्नमा बदलिँदै गएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन १३, २०८२
१९:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्