NL न्यूज
काठमाडौं । परराष्ट्र मन्त्रालयले म्यानमारमा अनलाइन स्क्यामिङ प्रकरणमा पक्राउ परेका १८ नेपाली नागरिकलाई आममाफी दिने विषयमा त्यहाँको सरकार सकारात्मक देखिएको जनाएको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रूपमा म्यानमार पुगेर स्क्यामिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालीबारे सकारात्मक संकेत प्राप्त भएको जानकारी दिए।
म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि म्यानमारका लागि नेपालका राजदूतमार्फत त्यहाँका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट भएको र आममाफीका विषयमा सकारात्मक प्रतिक्रिया आएको अधिकारीले बताए।
उनका अनुसार म्यानमारले १७ देशका ४९५ जनालाई पक्राउ गरेको भए पनि नेपाल र म्यानमारबीचको राम्रो द्विपक्षीय सम्बन्धका आधारमा नेपालीलाई छुट दिन सक्ने संकेत देखिएको छ।
आकर्षक तलबको प्रलोभन, त्यसपछि शोषण
अधिकारीका अनुसार थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबको प्रलोभन देखाएर भारत लगायतका देश हुँदै नेपालीलाई त्यहाँ पुर्याउने गरिएको पाइएको छ। पुगेपछि उनीहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगी जस्ता गतिविधिमा संलग्न गराउने गरिएको छ।
निश्चित लक्ष्य पूरा गर्न नसके शारीरिक तथा मानसिक प्रताडना र शोषण गरिने गुनासोहरू धेरै आएको पनि उनले बताए।
उद्धार प्रयास जारी
परराष्ट्र मन्त्रालयले स्क्यामिङ केन्द्रहरूमा फसेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत निरन्तर पहल भइरहेको जनाएको छ। हालसम्म ३९२ नेपालीलाई उद्धार गरी नेपाल फर्काइसकिएको छ। थप ३०९ जनाको उद्धार प्रक्रिया जारी रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन १३, २०८२
१९:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्