Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्लाही पुगेर रवि लामिछानेले दिए गगन थापालाई काउण्टर

सर्लाही ।रास्वपाका सभापति रवि लामिछानेले सर्लाही–४ मा पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले जित्ने दाबी गरेका छन्। चुनावी अभियानका क्रममा लालबन्दी पुगेका उनले स्थानीय मतदातालाई बाहिरबाट आएर ‘मधेसको बेटा’ बन्न खोज्ने राजनीति रोक्न आग्रह गरे।

“मलाई थाहा छ, अमरेशजीले जित्नुहुन्छ। यदि उहाँ नभए पनि त्यो ठाउँमा मधेसकै मान्छेले जित्थ्यो,” उनले भने। नेपाली कांग्रेसका सभापति Gagan Thapaलाई लक्षित गर्दै उनले थपे, “काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै ठाउँ लिन खोज्ने प्रयास भइरहेको छ। यस पटक त्यस्तो प्रयासलाई यहीँ रोक्ने जिम्मा तपाईंहरूको हो।”

लामिछानेले सर्लाहीसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै विगतमा अन्यायविरुद्ध उभिएको स्मरण गरे। “हिजो सर्लाहीवासीमाथि अन्याय हुँदा ज्यानको बाजी लगाएर लडेको हुँ। यस पटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ,” उनले भने। उनले एकैपटक देशलाई न्याय दिने निर्णय गर्न मतदातालाई पार्टीको पक्षमा उभिन आह्वानसमेत गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार