Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रत्यक्षतर्फ ६० सिट जित्ने रिपोर्ट प्राप्त भएको प्रचण्डको दावी

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन्। बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीहरूसँगको बैठकमा उनले यस्तो दाबी गरेका हुन्।

उनले पार्टीको राजनीतिक धार स्पष्ट रहेको बताउँदै राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा दृढ अडान लिएको कारण कार्यकर्तामा आत्मविश्वास बढेको उल्लेख गरे। “निष्पक्ष निर्वाचन भए राम्रो नतिजा आउँछ,” उनले भने, “पहिलाभन्दा राम्रो परिणाम आउने संकेत विरोधीहरूले समेत गर्न थालेका छन्। ६० प्लस सिट जित्ने आँकलन गरिएको छ।”

बैठकमा सहभागी नेता प्रमेश हमालका अनुसार स्थानीय कमिटीबाट आएको रिपोर्टका आधारमा प्रत्यक्षतर्फ ६० सिट जित्ने ब्रिफिङ गरिएको हो। समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत प्राप्त गर्ने दाबी पनि गरिएको उनले बताए।

हमालका अनुसार वास्तविक अवस्था कस्तो छ भन्ने विषयमा थप सूक्ष्म समीक्षा गर्न सचिवालय बैठक बोलाइएको छ। १२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जित्ने सम्भावना उच्च रहेको आकलन गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार