NL न्यूज
काठमाडौं । पहिले पहिलेको चुनाव सम्झनुहोस् त ? बागबजारमा झण्डा, पम्पलेट, ब्यानर छाप्न रातदिन मेसिन कराउँथे । छापाखानालाई दसैँ नै लाग्थ्यो । टोलटोलमा माइकिङ, गल्लीगल्ली जुलुस, चोकचोकमा आमसभा । नेता आउँदा सडक जाम, भाषणमा चर्का आश्वासन, भीडमा ताली । शक्ति प्रदर्शन नै चुनावको आत्मा जस्तो थियो ।
तर अहिले ?
झण्डा छाप्ने मेसिन कराउँदैनन् । पम्पलेटको गन्ध हराएका छन् । बाटाभरि उम्मेदवारको वाचा लेखिएको कागज भेटिन छाडे । उम्मेदवारहरू डिजिटल भएका छन् । फेसबुक लाइभ, टिकटक क्लिप, इन्स्टाग्राम रील । ‘घरदैलो’ भन्दा धेरै ‘टाइमलाइन’ मा भेटिन्छन् । भोट माग्ने शैली फेरिएको छ । भीडको सट्टा भ्यू । जुलुसको सट्टा कमेन्ट । साउती खेल्नुपरेपनि कमेन्ट नै बनेको छ ।
पुराना भनिएका दलको प्रचार शान्त देखिँदा देशदौडाह गरिरहेको प्रदेशको राजधानी र मुख्य शहरमा चुनाव गरेर पुराना दललाई दस्तक दिइरहेको रास्वपा मात्रै हो । कांग्रेसको केही हदसम्म सभा सुनिएपनि नेकपा, नेकपा एमाले लगायतका दल कता छन् जस्तो देखिँदा यो पटकको चुनाव र परिणाम रोचक नै होला जस्तो देखिन थालेको छ ।
हुँदा हुँदा निर्वाचन आयोगले चुनाव चिह्नको भौतिक स्वरूप बोकेर हिँड्न रोक लगाइदिएको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बोकेर हिँड्न अब रोक लाग्यो । हुन त आयोगले कसैलाई नामै लिएर भनेको त छैन । तर चुनाव चिह्नको भौतिक स्वरुफ घण्टी बोकेर सडकमा हिँडेको देखिन्थ्यो भने त्यो रास्वपा नै हो । अब घण्टी टिनिटिनी सडकमा होइन, स्पिकर र डिजिटल प्लेटफर्ममा मात्रै बज्नेछ ।
हुन पनि आयोगले दिएको चुनाव चिह्नको भौतिक रूप बोकेर हिँड्न पाइयो भने सूर्यदेखि रुख, तारा, हलो, छाता, मोबाइल, लाउडस्पिकर, तरबार, हँसिया, सिरिञ्ज—सबै सडकमा देखिन्थे । त्यसैले रोकियो होला । तर राजनीतिक अर्थ के लाग्यो ? कतिपयले भने—घण्टीले अरूको दिमागमै टिनिटिनी बजाइदियो, त्यसैले रोकियो ।
जेनजी आन्दोलनपछि बनेको नयाँ माहोलले पनि चुनावको चरित्र फेरिदियो । शीर्ष नेताहरू देश दौडाहामा होइन, आफ्नै क्षेत्रमा थुनिएका छन् । कसैले भन्छ—दलहरू खुम्चिए । कसैले भन्छ—डराए । जे होस्, यसपटक चुनाव ‘गज्जब’ छ ।
झापा–५ : ओलीको घामको ताप कि घण्टीको टिनिटिनी ?
सबैभन्दा चासोको केन्द्र बनेको छ झापा–५ । यहाँ आमने–सामने छन् केपी शर्मा ओली र बालेन्द्र शाह। विगतमा निर्धक्क देश दौडाहा गर्ने ओली यसपटक आफ्नै क्षेत्रमा जरा गाडेर बसेका छन् । मनोनयनपछि एक दुई पटक पुगेर फर्किने शैली हरायो । अब त घर-घर पुगेर मत माग्नुपर्ने बाध्यता आइ लाग्यो । २०२८ सालको झापा विद्रोहबाट उचाइ लिएका नेता २०८२ मा आइपुग्दा राजनीतिक विदाइको संघारमा छन् कि भन्ने प्रश्न उठेको छ ।
जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीसँग नयाँ पुस्ताको आक्रोश छ । बालेनले त्यही आक्रोशलाई ऊर्जा बनाएर झापा टेक्दा ओली पहिलो पटक असहज देखिएका छन् । एमालेभित्रकै असन्तुष्ट कार्यकर्ता घण्टीतिर ढल्किन थालेपछि ओलीले रणनीति बदलेका हुन् ।
अब उनी बौद्धिक वर्ग, युवा, विद्यार्थी, रिक्सा चालक, शुभेच्छुक—सबैलाई भेटिरहेका छन् ।
सर्वेक्षण हेरेर अनिश्चित मतदाता पहिचान, असन्तुष्टलाई ‘कन्भिन्स’ गर्ने अभियानमा छन् । चुनावी कमाण्डरहरू भन्छन्—भ्रम चिरेका छौँ । माहोल फर्किएको छ । ३७ हजारको आधार मत सुरक्षित छ । ४०/४२ हजार पुग्छौँ । तर स्थानीय मतदाता भन्छन्—ओली २०४८ पछि यति धेरै झापामा देखिएका थिएनन् । २०६४ मा माओवादी लहर हुँदा पनि यस्तो दौडधुप थिएन । अहिले घरघर पुग्नु दबाबको संकेत होइन ?
उता बालेन पनि निश्चिन्त छैनन् । सुरुमा उत्साहजनक माहोल थियो । तर एमालेले विस्तारै प्रभाव बढायो । त्यसैले देश दौडाहा रोकेर झापा केन्द्रित भएका छन् । उनको रणनीति फरक—लामो भाषण होइन, सानो टिम, घरदैलो, मतदाताको कुरा सुन्ने भएको छ । रास्वपाका उम्मेदवारहरू देशभर बालेन–रवि पुगून् भन्ने चाहन्छन् । तर बालेन आफ्नै क्षेत्रमा अडिएका छन् । ओलीले ४२ बुँदे प्रतिबद्धता पहिल्यै सार्वजनिक गरिसकेपछि बल्ल सोमबार बालेनले झापा ५ वासीका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरे ।
मुख्यतया उनले सुकुम्बासीको मन जित्ने प्रयाससहित ९ प्रतिब्दधता जनाएका छन् ।
-‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२ : थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्नेछु ।
-नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु ।
-राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन ।
-सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।
-विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।
- झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।
-राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु ।
-मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु ।
-मेरो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुनेछ ।
यो केवल चुनाव होइन । प्रतिष्ठाको लडाइँ हो । ओली आरोप लगाउँछन्—बालेनले आन्दोलन गराए, सिंहदरबार जलाए । बालेन आरोप लगाउँछन्—ओलीले गोली चलाउन आदेश दिए । जाँचबुझ आयोग प्रतिवेदन तयार गर्दैछ, तर चुनावअघि सार्वजनिक नहुने ।
झापा–५ अहिले दुई ध्रुवमा बाँडिएको छ । बालेननिकटहरू भन्छन्—सबै पुराना दल एकजुट भएर रोक्ने खेल हुन सक्छ । नतिजा जे होस्, एउटा कुरा स्पष्ट छ—यसपटक ओलीलाई पनि डर छ, बालेनलाई पनि त्रास ।
सर्लाही ४ : गगन थापा
मधेसतिर फर्कौँ । काठमाडौं ४ को सहज जित छोडेर सभापति गगन थापा पनि सर्लाही झरेका छन् । उनको प्रतिस्पर्धी रास्वपा प्रवेश गरेका पूर्वकांग्रेस नेता अमरेशकुमार सिंह हुन् । गत चुनावमा स्वतन्त्र उठेर विजयी भएका अमरेशले थापालाई चुनौती दिँदैछन् । पहिलो पटक रिस्क जोनमा छिरेका गगन सर्लाही र काठमाडौं गरिरहेकै छन् । उनलाई पनि गाह्रो देखिएको छ । भलै नयाँ कांग्रेस भन्दै उनले चर्चा गरिरहेपनि विशेष महाधिवेशनपक्षसँग असन्तुष्ट प्रतिनिधि र नेताहरूबाट असहयोग हुने आकलन छ । त्यसैले उनी हप्ता दुई दिन काठमाडौं बसेर बाँकी दिन सर्लाही पुग्ने गरेका छन् ।
रुकुमपूर्वमा प्रचण्ड
अहिलेसम्म अन्य पूर्वप्रधानमन्त्रीमध्ये केही ढुक्क प्रचण्ड देखिन्छन् । जनयुद्धको आधार इलाका भन्दै उनी यो पटक रुकुमपूर्वबाट चुनाव लड्दैछन् । उनी पनि अहिले गाउँगाउँ डुल्न व्यस्त छन् । वडा पुग्छन् । मतदातालाई भेट्छन् । ठूलो सभा र सम्मेलन पनि नेकपाले गरेको छैन । बाम घटकलाई मिलाएर नेकपा बनाएका प्रचण्ड अहिले त्यही बाम शक्तिले जिताउने आशमा छन् । तर उनलाई पनि काउन्टर दिन जनयुद्धको आधारभूमि मानिने रुकुममै शहीदपुत्र चुनावी मैदानमा उत्रिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सन्दीप पुन उम्मेदवार छन् । उनी पूर्व माओवादी लडाकु हुन् । उनी यतिवेला पूर्वकमाण्डरसँग नै भिड्दैछन् । द्वन्द्वकालीन माओवादी नेता सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्षा’का पुत्र हुन् दुवैले जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए । शहीदपुत्रका रूपमा सन्दीपको उम्मेदवारीलाई भावनात्मक र प्रतीकात्मक रूपमा हेरिएको छ । हरेक चुनावमा सुरक्षित क्षेत्र खोज्दै सर्ने प्रचण्डका लागि यसपटक त्यति सहज छैन । प्रचण्ड आफ्नी छोरी रेनु दाहालले उम्मेदवारी दिएको क्षेत्र चितवन ३ मा समेत पुगेका छैनन् । यसअघि उनी आफ्नो निर्वाचन क्षेत्रमा कम अन्य उम्मेदवारलाई जिताउन लागिपर्थे ।
रौतहटमा माधव नेपाल
रौतहट १ बाट माधवकुमार नेपाल गत चुनावमा निर्वाचित हुँदा एमाले नेता अजय गुप्ता मुख्य प्रतिद्वन्द्वी थिए । अनिल कुमार झा २०७४ सालमा क्षेत्र नम्बर १ बाट उम्मेदवार भएर निर्वाचित हुँदा अहिले मनोनयन दिँदा नेपाली कांग्रेस अहिलेका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव पराजित भएका थिए । त्यस बखत गुप्ता लोसपा पार्टीबाट गौरको मेयर निर्वाचित भएका थिए । रास्वपाका राजेश चौधरी जिल्लाको निर्वाचनमा पुरानै अनुहार हुन्। तर यो पटक परिवर्तन खोजिरहेका मतदाताको भिडमा माधव नेपाललाई पनि जित सहज छैन । त्यसैले पनि उनी रौतहटमै अड्डा जमाएर बसेका छन् ।
महोत्तरी–३ : महन्थलाई छोरीको पीर
महोत्तरी–३ मा संरक्षकबाट पिता बनेका छन् महन्थ ठाकुर । आफू राष्ट्रिय सभा पुगेपछि उनले छोरी डा. मीनाक्षी झालाई उम्मेदवार बनाएका छन् । ८० वर्ष कटेका ठाकुर जलेश्वरको होटलमा डेरा जमाएर छोरीको माहोल बनाइरहेका छन् । स्वास्थ्यले साथ नदिए पनि भेटघाट, रणनीति, सन्देश—सबै त्यहीँबाट गर्दैछन् । यहाँ आरोप फरक प्रकृतिको छ—वंशवाद । ‘छोरी भएकै भरमा टिकट’ भन्ने असन्तुष्टि छ । जसपाकै नेता हरिनारायण यादव स्वतन्त्र उठे । एमालेबाट टिकट नपाएपछि रामआधार कापर स्वतन्त्र उठे । दल फेरबदलले गणित झन् जटिल छ । यहाँ प्रतिस्पर्धामा छन् जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार । १ लाख १० हजार ४३६ मतदाता । कांग्रेसका बजरङ्ग नेपाली बलियो देखिन्छन् । गगन थापाको मधेस अभियानको प्रभाव पर्ने आकलन छ । रास्वपाका उज्ज्वल झा पनि कम आँक्न नमिल्ने छन् । तर ठाकुरका लागि यो चुनाव केवल सीटको होइन, विरासतको पनि हो ।
काठमाडौं ३ कुलमान घिसिङ
जेनजी आन्दोलनपछि कुलमान घिसिङको नेतृत्वमा खुलेको पार्टी हो, उज्यालो नेपाल । रास्वपासँग सहमति गर्दा यो पार्टीले समानुपातिक बन्दसूचीमा नाम पठाउन सकेन । भएका कतिपय उम्मेदवार सहमति टुटेसँगै रास्वपामै बसे । लगत्तै प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनमा उज्यालो नेपालले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन सकेन । यस्तोमा पार्टीको चर्चा कम छ । त्यसो हुनुमा कुलमान नै मुख्य कारण हुन् । उनी पनि काठमाडौं ३ भन्दा बाहिर निस्कन पाएका छैनन् । यहाँ उनको प्रतिद्वन्द्वी रास्वपाका राजु पाण्डे देखिएका छन् ।
जे होस्, एउटा कुरा त पक्का छ । यसपटक चुनाव ‘गज्जब’ छ । शीर्ष नेताहरू आफ्नै आँगनमा परीक्षा दिइरहेका छन् । डिजिटल घण्टी बजिरहेको छ, सूर्य घरदैलो डुलिरहेको छ, मधेसमा विरासतको खेल छ । अब बाँकी छ—मतदानको दिन । अनि फैसला ।

प्रकाशित मिति:
बुधबार, फागुन १३, २०८२
१२:४०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्