NL न्यूज
काठमाडौं । पर्वतारोहण क्षेत्रमा देखिएको ‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं महानगरपालिका–३१ का सिंहलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। धादिङको ज्वालामुखी गाउँपालिका–२ निवासी तिवारी भने मंगलबार पक्राउ परेका थिए।
ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, यस प्रकरणमा संलग्न रहेको आरोपमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित हालसम्म नौ जनालाई पक्राउ गरिसकिएको छ।
अनुसन्धानका क्रममा उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाइ उद्धार गरिएको नाटक गरेर बिमा रकम दाबी गरिएको खुलेको छ। यसरी गैरकानुनी रूपमा आर्थिक लाभ लिएको आरोपमा थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति:
बुधबार, फागुन १३, २०८२
१२:११
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्