Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फिफा विश्वकप टिम प्रोफाइल: डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको समूहमा रहेको डेब्युडान्ट जोर्डन

विश्वकप २०२६ को ड्र सार्वजनिक हुँदा नेपालमा मात्र नभई विश्वकै ध्यान समूह जेमा थियो । किनभने यो समूहमा विश्व च्याम्पियन अर्जेन्टिना छ । यो समूहमा ध्यान जानुको अर्को कारण हो, डेबुडान्ट टिम, जोर्डन । 

पहिलो पटक विश्वकपको अनुभव लिन लागेको जोर्डन रहेको समूहमा डेजर्ट वारियर्स अर्थात अफ्रिकन पावरहाउस अल्जेरिया पनि छ । 

नौवटा संस्करणको लगातारको प्रयासपछि एसियाली टिम जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भयो । झण्डै चार दशक विश्वकपको फाइनल्समा पुग्नका लागि जोर्डनले ठूलो लगानी गरिसकेको छ, उसका खेलाडीको अथक मिहेनत र दृढ आत्मविश्वासका कारण यो पटक उसले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा स्थान बनायो । 


जोर्डनको खेल तालिका
जोर्डनको विश्वकप २०२६ को यात्रा अष्ट्रियाविरुद्धको खेलबाट सुरु हुनेछ । सान फ्रान्सिस्कोको बे एरिया स्टेडियममा जुन १६ मा पहिलो खेल खेलेपछि २२ जुनमा उसले सोही स्टेडियममा अल्जेरियाको सामना गर्नेछ । त्यसपछि उसले ड्यालस स्टेडियममा जुन २७ मा अर्जेन्टिनाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।


थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार