Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक Durga Prasai लाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंविरुद्ध कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले उनलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतको आदेशसँगै प्रसाईंलाई थुनामुक्त गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार