NL न्यूज
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि १ करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी दिएकी छन्। आवश्यक रकम संकलन भइसकेको उल्लेख गर्दै उनले आजैबाट आफ्नो दुवै खातामा सहयोग रोक्न अपिल गरेकी छन्।
खुट्टामा लागेको चोटको शल्यक्रिया र पुनर्स्थापनाका लागि सहयोग मागेपछि पछिल्लो २४ घन्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको उनले बताइन्। सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै उनले लेखेकी छन्, “आर्थिक रूपमा उपचारका लागि लाग्ने खर्च जुटाइदिनुभयो। मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यही ऊर्जाले म शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्नेछु।”
उनका अनुसार नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (करिब ५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। साथै, विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद तथा सुविधा सहयोगको वाचा गरेका छन्। कतारमा उपचारका क्रममा बसोबास र यातायात खर्चसमेत जुट्ने देखिएकाले थप सहयोग आवश्यक नरहेको उनले स्पष्ट पारेकी छन्।
साम्बाले आफूआवद्ध क्लब वेलिङ्टन फोनिक्सले शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी दिइन्। चाँडै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन्।
“यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले फेरि उठ्ने साहस दिएको छ,” उनले उल्लेख गरेकी छन्, “म दृढ संकल्पका साथ भन्छु— म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु।”

प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१६:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्