Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इटहरीमा रवि लामिछाने : “दुखेको मान्छे कराउँछ”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू चर्को स्वरमा बोल्नुको कारण पीडा र आक्रोश भएको बताएका छन्।
इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई “चर्को बोल्ने” टिप्पणी गर्नेहरूलाई जवाफ दिएका हुन्।

“मलाई प्रायः भन्छन्— अलि चर्को नबोल, कम बोले पनि हुन्छ, अरु नेताजस्तै मिठो बोल। कति नरम, कति मिलाएर, छानेर शब्द बोल्छन् अरु,” उनले भने, “तर किनकि तिनलाई दुखेको छैन। हामीलाई दुखेको छ। दुखेको मान्छे कराउँछ।”

लामिछानेले आफ्नो राजनीतिक शैली भावनात्मक अनुभवसँग जोडिएको दाबी गरे। अरू दलहरूको राजनीति अवैध क्रसर व्यवसायीको चन्दाबाट चलेको हुन सक्ने संकेत गर्दै उनले आफू भने अन्यायका घटनाविरुद्ध रिपोर्टिङ गर्दै राजनीतिमा आएको बताएका छन्।

लक्ष्मी परियारलाई जबरजस्ती दिसा खुवाइएको घटनाको रिपोर्टिङ गर्दै अन्यायविरुद्ध बोल्दै स्टुडियो प्रवेश गरेको स्मरण गर्दै उनले त्यसैले आफ्नो आवाज चर्को भएको उल्लेख गरे। उनले आफूहरूको राजनीति “पीडितको पक्षमा उभिने राजनीति” भएको दाबी गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार