NL न्यूज
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले देशभित्रकै सम्भावनाअनुसार कृषि उत्पादन बढाएर नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताएका छन्।
मंगलबार सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादन उपभोग हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
सभामा उनले श्रोतामाझ प्रश्न राख्दै भने, “चिया पिउनुभयो? कुन ठाउँको पिउनुभयो? इलाम–दमकको चिया। खाना खानुभयो? बिहानको तरकारी कहाँको खानुभयो? बोर्ड र पारीको।”
उनले तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारीसमेत इटहरीलगायत तराईका सहरमा सहज रूपमा उपलब्ध हुन नसकेको दाबी गरे। “हाम्रै पूर्वी पहाडको तरकारी यही झापा, सुनसरी, विराटनगरमा खान पाइँदैन। यो दुःखको कुरा हो,” उनले भने, “यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।”
पूर्वी तराईका तीन–चार जिल्लामा पूर्ण क्षमताअनुसार धान उत्पादन गर्न सके देशभर खाद्य आपूर्ति गर्न सकिने उनको भनाइ थियो। रास्वपाले कृषि उत्पादन वृद्धि, स्थानीय आपूर्ति सञ्जाल सुदृढीकरण र आयात निर्भरता घटाउने नीति अघि सारेको उनले स्पष्ट पारे।

प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१५:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्