Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा तोक्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सरकारले सार्वजनिक बिदा घोषणा गर्न सिफारिस गरेको थियो।

आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेसँगै अब लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।  फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार