NL न्यूज
काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाल–भारत र नेपाल–चीन सीमानालाई मतदान अघि ७२ घण्टा सिल गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकमा बैठकमा मतदानअघि मादक पदार्थको बिक्रीमा रोक लगाउने विषयमा पनि छलफल भएको थियो। आयोगले समय तोकेर यसबारे विज्ञप्ति प्रकाशन गर्ने तयारी गर्ने अधिकृतले बताए।
फागुन १९ मा पर्ने तराई क्षेत्रको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे व्यवस्थापनबारे पनि छलफल भएको छ। भारतीय सितमढीबाट जम्मा ५० हजार मानिस जनकपुरको जानकी मन्दिरमा आउने र फागुन १८ गते फर्कने परम्परा भएकाले मौन अवधिमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिइएको थियो।
बैठकमा भारतीय नम्बर प्लेट भएका सवारी साधनलाई रोक लगाउने विषयमा पनि छलफल भएको छ। मतदानअघि कति दिनअघि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्ने निर्णय आयोगको अधिकार अन्तर्गत हुने जनाइएको छ।
त्यसैगरी, हिमाली जिल्लामा हिउँ परेकाले सुरक्षाकर्मी र कर्मचारीलाई कठिनाइ हुने सम्भावना भएकाले मतपेटिका र निर्वाचन सामग्री सुरक्षित रूपमा लैजान कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको आयोगका अधिकृतले जानकारी दिएका छन्।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण राउत, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१४:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्