NL न्यूज
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १ हजार २ सय १३ जनाले मात्र निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि बैङ्क खाता खोलेका छन्।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिएका ६८ राजनीतिक दलमध्ये हालसम्म नौ दलले मात्र खाता सञ्चालन गरेका छन्। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले प्राप्त गर्ने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, कानुनले तोकेको खर्चको सीमा पालना सुनिश्चित गर्न तथा प्रभावकारी निगरानीका लागि अनिवार्य रूपमा बैङ्क खाता खोल्ने व्यवस्था गरिएको हो।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार आयोगमा दर्ता भई समानुपातिक तथा ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी–खर्च सोही खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
सोही कानुनी प्रावधानअनुसार दल र उम्मेदवारहरूले क्रमशः खाता खोल्ने प्रक्रिया अघि बढाइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१४:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्