Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निषेधाज्ञा र कर्फ्युले मतदातामा त्रास फैलाएको एमालेको आरोप

काठमाडौं ।  नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाइएको आरोप लगाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताए।

उनका अनुसार सरकारका यस्ता कदमले मतदाताको मनोबल कमजोर पार्ने र स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुण्ठित गर्ने खतरा बढाएको छ। विशेष गरी मधेस–तराइका केही जिल्लामा लगाइएको कर्फ्युका कारण मतदाता मतदान केन्द्रसम्म पुग्न अवरोध हुने अवस्था सिर्जना भएको उनले उल्लेख गरे।

एमालेले सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको ठहर गरेको छ। समाजमा निर्वाचन सार्ने भ्रामक हल्ला चलाइएको भन्दै पार्टीले घोषित समयमै चुनाव सम्पन्न गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

पार्टीले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा प्रस्तुत गर्दै ‘भोट फर चेन्ज’ भन्दा ‘भोट फर नेशन’ को नारासहित चुनावी अभियान अघि बढाइएको जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार