NL न्यूज
काठमाडौं । नेकपा एमालेले जेनजी उपद्रवमा संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पत्रकार सम्मेलनमार्फत महान्यायाधीवक्ताको निर्णय कानुनी राज्यको सिद्धान्तविपरीत रहेको बताएका छन्।
उनका अनुसार, जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै आममाफी दिने निर्णयले दण्डहीनता बढाउने जोखिम छ।
शाहीले गम्भीर प्रकृतिका आपराधिक घटनामा संलग्न व्यक्तिलाई आममाफी दिने कदमले न्याय प्रणालीमाथि प्रश्न उठाउने बताएका छन्। उनले उक्त निर्णय तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१४:३७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्