Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा लैजानुपर्ने एमालेको माग

काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधिसभा विघटन प्रक्रिया अनिवार्य रूपमा संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान दोहोर्‍याएको छ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि त्यसलाई संवैधानिक परीक्षणमा नलानु गम्भीर विचलन भएको बताए।

उनले सर्वोच्च अदालतले यस विषयमा समयमै निर्णय नगर्दा संवैधानिक सर्वोच्चताको अभ्यास कमजोर हुने धारणा राखे। संविधानसँग सम्बन्धित विवादहरू न्यायिक परीक्षणबाट टुंगिनु नै लोकतान्त्रिक प्रणालीको आधार हुने उनको भनाइ थियो।

एमालेले संवैधानिक प्रश्नहरूमा स्पष्टता नआउँदा राजनीतिक अन्योल बढ्ने दाबी गर्दै अदालतलाई शीघ्र सुनुवाइ प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार