Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने छत्रबहादुर थापाको इन्काउण्टर, एक शिशु सुरक्षित

अमेरिका । अमेरिकाको फेयरफ्याक्समा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपाली मूलका व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको छ। सोमबार बिहान करिब सबा ५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापामाथि आक्रमण गरेको पाइएको छ । 

समाचारअनुसार घाइते ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार थापा, श्रीमती ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापा छन्।
प्रहरी प्रमुख केविन डेभिसका अनुसार सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकस्थित अपार्टमेन्टबाट घरेलु विवादको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यतिबेला संदिग्ध व्यक्ति आफ्ना ज्वाइँमाथि खुँडा प्रहार गरिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीले हतियार फाल्न पटक–पटक निर्देशन दिए पनि उनले नमानेपछि एक अधिकृतले गोली चलाएका थिए। डेभिसका अनुसार गोली चलाउँदा ज्वाइँको ज्यान जोखिममा परिसकेको अवस्था थियो। गोली लागेपछि प्रहरीले तत्कालै संदिग्धलाई सीपीआर दिए पनि घटनास्थलमै उनको मृत्यु घोषणा गरिएको थियो।

प्रहरीले घटनामा करिब १० इन्च लामो घुमाउरो धारिलो हतियार प्रयोग भएको जनाएको छ। घटनाका बेला अपार्टमेन्टभित्र एक वर्षको बालक पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। उक्त बालकलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार ज्वाइँ घरबाहिर कारबाट हिउँ पन्छाइरहेका बेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि ९११ मा फोन गरेका थिए। त्यसपछि उनी कोठामा फर्कँदा श्रीमती र सासूमाथि खुँडा प्रहार भइरहेको दृश्य देखेका थिए। नजिकै बसोबास गर्ने अर्का एक व्यक्तिले पनि घरेलु विवादको आवाज सुनेर ९११ मा फोन गरेका थिए।

प्रहरीका अनुसार उक्त घरमा यसअघि घरेलु हिंसा सम्बन्धी कुनै उजुरी वा प्रहरी बोलाइएको रेकर्ड भेटिएको छैन। घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार