Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेन शाहले जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगमा दिए बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे बयानका लागि उपस्थित भएका छन्।

आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म चलेको सोधपुछमा शाहलाई भदौ २३ र २४ का दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो। आयोगले सार्वजनिक गर्न नमिल्ने कारण देखाउँदै शाहको जवाफको विवरण खुलाएको छैन।

मानव अधिकार आयोगले भदौ २३ र २४ का घटनामा मानव अधिकार हनन, दमन र प्रहरीको बल प्रयोगबारे लिली थापाको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ। हालसम्म १४६ जनाको बयान लिइसकिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, पारदर्शिता, जवाफदेहिता र दण्डहीनतालाई आधार बनाएर छानबिन भइरहेको छ र प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार