Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्य वृद्धि, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय पुगेको छ।

सोमबार ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ७८ डलर र चाँदी ९० डलरमा कारोबार भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार