NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पार्टीका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडी उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ।
सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन योगदान दिएका खेलाडीप्रति सम्मान व्यक्त गर्दै साम्बाको उपचारमा सबैले साथ दिनुपर्ने बताएका छन्। कांग्रेसले खेलकुदलाई राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको आधारका रूपमा अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।





प्रतिक्रिया दिनुहोस्