NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतान्त्रिक यात्रा मानव अधिकार सुनिश्चिततामा केन्द्रित रहेको बताएकी छन्। जेनेभामा आयोजित उच्चस्तरीय बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र द्वन्द्वका चुनौतीबीच पनि मानव अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
संविधानले समानता, सामाजिक न्याय र सबै समुदायको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिला, बालबालिका, दलित, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यकको अधिकारका लागि कानुनी व्यवस्था गरिएको बताइन्।
संक्रमणकालीन न्याय टुंग्याउन सरकार दृढ रहेको र आगामी फागुन २१ को निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने दाबी गरिन्।
प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
१२:०१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्