NL न्यूज
काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार अपरान्ह अस्पताल पुगेका छन्। उनले कलंकीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा नजिक सोमबार राति करिब १:३० बजे त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी नेपाल नेशनल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा धादिङस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल भ्रमणका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले दुर्घटनाको सत्यतथ्य छिटो पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताए।
दुर्घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। गृहमन्त्रीसँगै गृहसचिव, गृह मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरू पनि अस्पताल पुगेका थिए।
प्रहरीका अनुसार हालसम्म १९ जना मृतकको सनाखत भइसकेको छ। मृतकमध्ये बेलायती, भारतीय र चिनियाँ नागरिकसमेत रहेका छन्। अन्य मृतकहरू कास्की, तनहुँ, स्याङ्जा, धादिङ, काठमाडौँ, पाल्पा, मोरङलगायत विभिन्न जिल्लाका छन्।
प्रारम्भमा सनाखत भएका मृतकहरुको विवरणः-
१. स्टेवार्ट डोमिनिक एथान नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष अं. ४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया
७. जिल्ला काठमाडौँ म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहँ. भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल
१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री
१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली
१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन
१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकि वर्ष २७ की हिरा चौधरी
१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली
१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतीय नागरिक)
१९. झाङ चुनचु नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक)
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
सोमबार, फागुन ११, २०८२
१९:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्