Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस सडकबाट खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएको थियो र दुर्घटनामा झन्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। हाल घटनास्थलमा प्रहरीको टोली खटिएको छ र उद्धार तथा सुरक्षा कार्य अघि बढाइरहेको छ। विस्तृत विवरण र घाइतेहरूको अवस्था बारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार