NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीसम्बन्धी मुद्दाको पेशी बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन्।
अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्यमिश्रित टिप्पणी गरेका छन्। ओलीले आफूलाई ‘गुन लगाइदिएको’ भन्दै आएको सन्दर्भ जोड्दै लामिछानेले आज अदालत आउनुलाई त्यसकै ‘गुन तिर्न आएको’ रूपमा व्याख्या गरे।
केही दिनअघि एक अन्तरवार्तामा ओलीले रविलाई धेरै सहयोग गरेको तर बदलामा रविले आफूविरुद्ध मात्र बोलिरहेको गुनासो गरेका थिए। त्यसको जवाफस्वरूप लामिछानेले भने,
‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ।’
उनले विभिन्न जिल्लामा मुद्दाका कारण धाउनुपर्दा शारीरिक र मानसिक रूपमा निकै थकान भएको पनि बताए।
‘जिउभरि किला ठोकेजस्तो भएको छ। सात दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर हुनुपर्छ। तारिख मिलाउनुपर्छ, अर्काले तारिख लिइसक्यो कि भन्ने चिन्ता हुन्छ। दौडादौड चलिरहेकै छ। विष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु,’ उनले भने।
लामिछाने हालै उच्च अदालत तुलसीपुरको आदेशअनुसार नख्खु कारागारबाट रिहा भएका थिए।
के भने रविले भिडियोमा हेर्नुहोस् ।





प्रतिक्रिया दिनुहोस्