Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मरिणको हिमालयन फुड कम्पनीमा कुटपिट, सात जना घाइते

सिन्धुली । मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच विवाद हुँदा कुटपिट भई सात जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार फागुन ११ गते बिहान करिव ९ बजे मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयमा भनाभन सुरु भई झडपमा परिणत भएको हो।

घटनाको सूचना बिहान ९ बजेर २० मिनेटमा प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। नवराज बम्जनको दाहिने आँखा र खुट्टामा चोट लागेको छ भने उनलाई जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ। उदयपुर कटारी–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ।

कम्पनीमा कार्यरत चिनियाँ नागरिकमध्ये ३८ वर्षीय याङ, ४५ वर्षीय याङ हाईबो, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते भएका छन्। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार