NL न्यूज
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ १५ गते सुन ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदीको भाउ पनि १७० रुपैयाँ बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। बजारमा अन्तर्राष्ट्रिय मूल्य र मागका आधारमा उतारचढाव देखिएको महासंघले जनाएको छ।
प्रकाशित मिति:
सोमबार, फागुन ११, २०८२
१२:३७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्