NL न्यूज
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना सबै दल, उम्मेदवार र सरोकारवालाको दायित्व भएको स्मरण गराएको छ।
सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
केही जनप्रतिनिधि आचारसंहिता विपरीत प्रचारमा संलग्न भएको उजुरी प्राप्त भएपछि आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न अनुगमन कडा बनाइएको आयोगले जनाएको छ। आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।





प्रतिक्रिया दिनुहोस्