Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धादिङ बस दुर्घटना अपडेट: बेलायती नागरिकको सनाखत

कास्की । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएका एक विदेशी नागरिकको परिचय खुलेको छ। प्रहरीका अनुसार दुर्घटनामा दुई जना विदेशी नागरिकको मृत्यु भएको थियो।

परिचय खुलेका विदेशी नागरिक STEWART DOMINICETHAN रहेका छन्। उनी बेलायत निवासी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान भएको दुर्घटनामा परेको ग १ ख १४२१ नम्बरको बस पोखराबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट छुटेको थियो।

समितिका अध्यक्ष ऐनबहादुर साईका अनुसार बस छुट्दा ३४ यात्रुसहित चालक र दुई कर्मचारी गरी ३७ जना सवार थिए। बीच बाटोमा थप यात्रु चढेको हुन सक्ने अनुमान गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार