Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धादिङ बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, घाइते २८ जनाको सनाखत

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना विदेशी नागरिक पनि छन्।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब १ः३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित सडक खण्डबाट त्रिशूली नदी मा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ११ पुरुष र ६ महिलाको घटनास्थलमै मृत्यु भएको हो। हालसम्म १७ जनाको शव निकालिएको छ भने मृतकको सनाखत प्रक्रिया जारी छ।

दुर्घटनाबाट घाइते भएका २८ जनाको उद्धार गरिएको छ। केहीलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांश घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित स्थानीयवासीको समन्वयमा उद्धार कार्य सञ्चालन गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार