Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा ५ मा बालेनको वाचाः शिक्षा, स्वास्थ्यदेखि ‘स्मार्ट सिटी’सम्म (वाचापत्रको पूर्णपाठ)

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सोमबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने मुख्य अठोट व्यक्त गरेका छन्। नीति निर्माण र कानुनी सुधारमा सक्रिय भूमिका खेल्ने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने तथा राजनीतिलाई सेवामूलक बनाउने उनको भनाइ छ।

शिक्षा र स्वास्थ्य प्राथमिकतामा
शिक्षा क्षेत्रमा विद्यालय छाड्ने दर घटाउने लक्ष्यसहित ‘स्कुल रिटेन्सन कार्यक्रम’ सञ्चालन गर्ने योजना अघि सारिएको छ। सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र प्रयोगशाला विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। स्वास्थ्यतर्फ विपन्न परिवारलाई निःशुल्क उपचारको व्यवस्था, दमक अस्पताललाई ३०० शैय्यामा स्तरोन्नति गर्ने र ‘घर–घर स्वास्थ्य सेवा कार्यक्रम’मार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने योजना समेटिएको छ।

कृषि र पूर्वाधारमा जोड
झापा–५ को मुख्य आधार कृषि भएकाले त्यसलाई आधुनिकीकरण गर्ने लक्ष्य राखिएको छ। ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार, ‘एक पालिका–एक शीत भण्डार’ अवधारणा लागू गर्ने प्रस्ताव गरिएको छ। पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडक निर्माण सम्पन्न गर्ने, हुलाकी सडक तथा पुलहरू समयमै सम्पन्न गराउने र दमकलाई ‘स्मार्ट सिटी’को रूपमा विकास गर्ने लक्ष्य वाचा पत्रमा उल्लेख छ।
 

wachapatra_jhapa-5-1771816964-1771818191.jpg

wachapatra_jhapaa-5-1771816964-1771818191.jpg



महिला, युवा र पर्यटन
महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण, सेफ हाउसको व्यवस्था तथा युवाका लागि सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने योजना पनि प्रस्तुत गरिएको छ। गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र दमकलाई ‘पर्यटन ट्रान्जिट हब’का रूपमा स्थापित गर्ने प्रस्ताव समावेश गरिएको छ। भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुनी व्यवस्था गर्दै व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउँदै बालेनले जनअपेक्षाअनुसार काम गर्ने अवसर दिन मतदातासँग अपिल गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार