Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अब चुनावी प्रचारमा बज्ने छैन घण्टी! भौतिक चिह्नमा निर्वाचन आयोगको ब्रेक

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। आयोगका प्रवक्ता ले जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको उल्लेख छ।
आयोगका अनुसार धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइने भौतिक चुनाव चिह्न प्रयोग गर्दा भीड व्यवस्थापन र सुरक्षामा जोखिम बढ्न सक्ने उजुरीहरू प्राप्त भएका थिए। सोही आधारमा अब यस्ता सामग्री बोकेर सभा–जुलुसमा सहभागी हुन नपाइने भएको हो।
विशेषगरी ले आफ्नो चुनाव चिह्न ‘घण्टी’लाई भौतिक रूपमा प्रयोग गर्दै आएको थियो। आयोगको नयाँ निर्देशनपछि अब रास्वपाले प्रचारप्रसारका क्रममा घण्टीको वास्तविक आकृति बोकेर प्रदर्शन गर्न पाउने छैन।
आयोगले विज्ञप्तिमा स्पष्ट गरेको छ कि दल वा उम्मेदवारले प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (९ड) मा उल्लेखित मापदण्डअनुसार दलको झण्डा र छापिएको चुनाव चिह्नमार्फत मात्र प्रचार गर्नुपर्नेछ। त्यसको विपरीत गतिविधि आचारसंहिता उल्लंघन मानिने चेतावनी समेत दिइएको छ।
यस निर्णयसँगै चुनावी माहोलमा प्रयोग हुने प्रतीकहरूको स्वरूप र प्रयोग विधिमा कडाइ आएको छ। आयोगले सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
1000093467-1771770725.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार