NL न्यूज
भक्तपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भक्तपुरका उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार सोमप्रसाद मिश्र र क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन्। दुवै उम्मेदवारले राष्ट्र र राष्ट्रियताको विषयमा पार्टीको स्पष्ट अडान दोहोर्याउँदै मुलुकमा सुशासन, जनजीविका सुधार र रोजगारी सुनिश्चितता आफ्नो प्राथमिकता रहेको बताए।
एमाले सचिवसमेत रहेका उम्मेदवार बस्नेतले वैदेशिक हस्तक्षेप रोक्नु यसपटकको मुख्य एजेन्डा भएको उल्लेख गरे। “अब कसैले पनि राष्ट्रघात गर्ने अवस्था रहनु हुँदैन,” उनले भने। आफूहरू शासक नभई सेवकको रूपमा जनतामाझ जाने प्रतिबद्धता जनाउँदै भक्तपुरको ऐतिहासिक सम्पदाको संरक्षण र विकासमार्फत सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा अघि बढाउने योजना रहेको बताए।
क्षेत्र नम्बर १ का उम्मेदवार मिश्रले भू–उपयोग वर्गीकरणमा जनभावना समेटेर नीति निर्माण गर्ने, संवैधानिक नियुक्तिलाई पारदर्शी बनाउने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रणमा कडा कदम चाल्ने एजेन्डा प्रस्तुत गरे। एमाले उम्मेदवारहरूले स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकतालाई जोडेर विकास र सुशासनको बाटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१८:२८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्