NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार र आक्रमणका घटना बढिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई अपमान र दुर्व्यवहार गर्ने गतिविधि बढेको उल्लेख गर्दै उनले ती कार्य तत्काल बन्द गर्न माग गरे। “निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि दुर्व्यवहार हुनु दुःखद हो, यो तत्काल रोकिनुपर्छ,” उनले भने। सरकारले निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि कुनै शंका नगरेको स्पष्ट पारे। “सरकारले निष्पक्ष वातावरण बनाउनुपर्छ। कांग्रेसले अहिलेसम्म निर्वाचनमाथि शंका गरेको छैन,” उनले भने।
चालिसेले कांग्रेसले भयको राजनीति नगर्ने बताउँदै उम्मेदवार र नेता–कार्यकर्तालाई दृढताका साथ चुनावी प्रचारमा लाग्न आग्रह गरे। साथै, निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई सचेत गराए। व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उनले दाङको तुलसीपुर मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाइएको घटनाको पनि कांग्रेसले निन्दा गरेको जानकारी दिए।
पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी का शीर्ष नेताहरू कांग्रेसमा प्रवेश गरिरहेको उल्लेख गर्दै उनले अन्य पार्टीमा आवद्ध तथा पार्टी छाडेका नेताकार्यकर्तालाई कांग्रेसमा फर्किन आह्वान गरे। “घर छाडेका साथीहरू फर्किनुस्, हामी स्वागत गर्छौं,” चालिसेले भने।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१८:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्