NL न्यूज
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले आसन्न निर्वाचनको अनुगमन तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने निर्णय गरेको छ। उपत्यकाबाट खटिन लागेका अधिकृतलाई प्रधान कार्यालयबाट र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीलाई भर्चुअल माध्यममार्फत राजु अर्यालले विशेष निर्देशन दिएका हुन्।
सशस्त्रका आईजी अर्यालले निर्वाचनअघि, निर्वाचनका दिन र निर्वाचनपछिको संवेदनशील अवधिमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन स्पष्ट निर्देशन दिएका छन्। सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनले उम्मेदवार, मतदान केन्द्र, मतदाता र ब्यालेट बक्सको सुरक्षामा उच्च सतर्कता अपनाउन भनेका छन्।
आईजी अर्यालले सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कमाण्डरसँग समन्वय र उम्मेदवारहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएका छन्। फिल्डमा देखिएका कमीकमजोरी र तत्काल समाधान गर्नुपर्ने विषयबारे छिटो मुख्यालयलाई जानकारी गराउन पनि उनले जोड दिएका छन्।
सीमा क्षेत्रको अनुगमनलाई विशेष प्राथमिकता दिँदै उनले आवश्यक परे कानुनअनुसार बल प्रयोग गर्न, तर मानवअधिकारको पूर्ण पालना गर्नुपर्ने स्पष्ट पारे। बल प्रयोगको अवस्थामा आवश्यक प्रमाण सुरक्षित राख्न समेत निर्देशन दिइएको छ।
निर्वाचन बिथोल्न खोज्ने तत्वहरूको पहिचान गरी परिस्थितिअनुसार रणनीति बनाउने र कानुनी दायराभित्र रहेर कारबाही गर्ने विषयमा मातहतका सबै तहका कमाण्डरलाई सतर्क रहन उनले निर्देशन दिएका छन्।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१७:५०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्