NL न्यूज
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै सबै पक्षलाई ढुक्क भएर तयारीमा जुट्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही तत्वले निर्वाचन बिथोल्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता प्रयास सफल नहुने दाबी गरे। “निर्वाचन तोकिएकै समयमा हुन्छ,” उनले भने, “भ्रममा नपरी प्रचार–प्रसारमा लाग्नुस्।”
भण्डारीका अनुसार अझै पनि केही उम्मेदवारहरूले निर्वाचन हुने–नहुनेबारे संशय राख्दै आयोगमा सम्पर्क गर्ने गरेका छन्। उनले अनावश्यक हल्ला र अफवाहमा नअल्मलिन सुझाव दिए। “केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्यका लागि हल्ला फैलाउन सक्छन्, तर अब जनता त्यस्ता प्रायोजित गतिविधिका साक्षी बस्दैनन्,” उनले भने।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सबै प्रचारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को मार्ग नदेखेको बताए। नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूले निर्वाचनलाई नै समाधानको बाटोका रूपमा स्वीकार गरेको उनको भनाइ थियो।
निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने गतिविधि सरकारले नियन्त्रण गर्ने र आयोगले पनि नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे। वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न आयोगले सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि दिए।
उनले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षसँग आग्रह गरे। केही सञ्चारमाध्यमले मत सर्वेक्षण गरिरहेको भन्दै उनले त्यस्ता गतिविधि नगर्न पुनः अनुरोध गरे। आचारसंहिता उल्लङ्घन भएमा कारबाही गर्न आयोग बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१३:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्