NL न्यूज
ललितपुर । ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ यस पटक निकै चासोको केन्द्रमा छ । ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता रहेका यस क्षेत्रमा १६ दल र सात स्वतन्त्रसहित २३ उम्मेदवार छन् । महिला उम्मेदवार भने दुई जना मात्र छन् ।
सञ्चारकर्मीबाट सञ्चारमन्त्री हुँदै उम्मेदवार बनेका जगदीश खरेल
तत्कालीन सञ्चारमन्त्री जगदीश खरेलले सुरुवाती चरणमा चुनाव नलड्ने बताइरहेकै थिए । राजीनामाको दिनसम्म पनि उनले उही भनाइ दोहोर्याए । तर माघ ६ मा उनी प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवार बने । उनको प्रवेशले यहाँको चुनावी समीकरण बदलिएको छ । मन्त्री भएकै समयमा कोर नेवार बस्तीमा सक्रिय उपस्थितिले उनी पहिल्यै तयारीमा रहेको आकलन गरिँदैछ । अहिले उनी नेवार पहिरनमै प्रचारमा देखिन्छन् ।
‘नेवार मात्रै जित्ने’ इतिहास
बहुदलपछिका सबै चुनावमा यस क्षेत्रबाट नेवार समुदायका उम्मेदवार नै विजयी भएका छन् । २०४८ र २०५१ मा एमालेका सिद्धिलाल सिंह, २०५६ मा कृष्णलाल महर्जन, २०६४ मा माओवादी केन्द्रका राजकाजी महर्जन, २०७० मा कांग्रेसका चन्द्र महर्जन, २०७४ मा एमालेका कृष्णलाल महर्जन र २०७९ मा एमालेकै प्रेमबहादुर महर्जन विजयी भए ।२०७९ मा पनि शीर्ष चार उम्मेदवार सबै नेवार थिए । प्रत्यक्षतर्फ प्रेमबहादुर महर्जन विजयी भए । दोस्रो सुदिन शाक्य, तेस्रो रास्वपाका बुद्धरत्न महर्जन र चौथो नेकपा एसका कृष्णलाल महर्जन रहे । यो निरन्तरताले यसपटक गैरनेवार उम्मेदवारले यहाँ जित निकाल्न सक्छन् कि सक्दैनन् भन्ने कौतुहल बनेको छ ।
एमालेको मजबुत आधार
नेकपा एमालेले २०७९ का विजेता प्रेमबहादुर महर्जनलाई पुनः अघि सारेको छ । सातमध्ये पाँच चुनाव जितेको एमाले यहाँ ऐतिहासिक रूपमा बलियो छ । संगठन, मत आधार र अघिल्लो जितको मनोवैज्ञानिक लाभ एमालेको पक्षमा छ ।
कांग्रेसको पुनरागमन प्रयास
नेपाली कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । २०७० मा चन्द्र महर्जनले जितेको इतिहास कांग्रेससँग छ । तर २०७९ मा गठबन्धन हुँदा पनि कांग्रेस उम्मेदवार प्रत्यक्षमा थिएन । यस पटक कांग्रेस सीधा प्रतिस्पर्धामा छ। परम्परागत शहरी मत र संगठन नै उसको मुख्य भरोसा हो ।
नेकपा र राप्रपाको उपस्थिति
वाम एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले राजेन्द्र अमात्यलाई अघि सारेको छ । २०६४ साल तत्कालीन माओवादीको जितको स्मृति पुनर्जीवित गर्ने प्रयासमा हालको नेकपा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले रघुवराज थापालाई उम्मेदवार बनाएको छ। २०७९ मा राप्रपाले उल्लेख्य मत ल्याएको थियो, त्यसलाई विस्तार गर्ने रणनीति देखिन्छ।
रास्वपाको समानुपातिक बल
२०७९ को समानुपातिकतर्फ रास्वपा यहाँ पहिलो दल बनेको थियो। उसले ११ हजार ८ सय ९५ मत पाएको थियो। एमाले दोस्रो र कांग्रेस तेस्रो थिए। प्रत्यक्षमा तेस्रो भए पनि समानुपातिकमा पहिलो हुनु रास्वपाका लागि ठूलो संकेत हो। यदि त्यो मत प्रत्यक्षमा सार्न सके खरेल निर्णायक बन्न सक्छन्।
ललितपुर–२ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा पर्छन्। यो क्षेत्र पूर्ण शहरी चरित्रको छ। शिक्षित मध्यमवर्ग, नेवार सांस्कृतिक प्रभाव र स्थानीय मुद्दाले यहाँको मत व्यवहार निर्धारण गर्छ। गुठी, सम्पदा संरक्षण, सहरी पूर्वाधार, फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनजस्ता विषय मुख्य एजेन्डा हुन्। यदि नेवार समुदायको परम्परागत मतदान व्यवहार कायम रह्यो भने एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुन सक्छ। यदि रास्वपाले समानुपातिकको आधार प्रत्यक्षमा रूपान्तरण गर्यो भने परिणाम अप्रत्याशित हुन सक्छ। ललितपुर–२ मा यस पटकको चुनाव केवल दलगत प्रतिस्पर्धा होइन, ऐतिहासिक ढाँचालाई चुनौती दिने परीक्षा पनि हो। नेवार विरासत कायम रहन्छ कि नयाँ प्रयोग सफल हुन्छ भन्ने प्रश्नको उत्तर मतपेटिकाले दिनेछ।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१९:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्