NL न्यूज
रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सह–संयोजक नेपालले आइतबार जारी गरेको सन्देशमा हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव अन्त्य गर्न संयमता अपनाउन दुवै पक्षलाई आग्रह गरेका छन्।
धार्मिक सहिष्णुता र आपसी सम्मान नेपाली समाजको आधार रहेको उल्लेख गर्दै उनले सदियौँदेखि मिलेर बसेका समुदायबीच सहयोग र सहकार्यको वातावरण कायम राख्नुपर्नेमा जोड दिए। साम्प्रदायिक हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ।
हिन्दु र मुस्लिम समुदाय एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै उनले स्थानीय बासिन्दाको सुरक्षा र जीवन रक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। रौतहटबाट लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व गर्दै आएका उनले देखिएको समस्याको समाधान आपसी संवाद र सहमतिबाट मात्रै सम्भव हुने भन्दै उत्तेजनाबाट टाढा रहन अपिल गरेका छन्।
रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेपालले तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढेपछि प्रशासनले जारी गरेको कर्फ्यू अवस्थालाई सामान्य बनाउन आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिएका छन्।
तीन दिनअघि सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै उग्र बन्दै साम्प्रदायिक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सुरक्षा निकायले क्षेत्रमा कडा निगरानी राखेको जनाएको छ।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
११:४६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्