NL न्यूज
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावका क्रममा दुवै पक्षलाई उक्साएको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहसहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाई नियन्त्रणमा लिइएको छ। “अहिलेसम्म २३ जनालाई नियन्त्रणमा लिएका छौँ,” उनले जानकारी दिए। पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ समेत रहेका छन्।
शनिबार मध्यान्ह १ बजेदेखि गौरका पूर्वमा मडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रलाई समेटेर लगाइएको कर्फ्यू जारी छ। जिल्ला प्रशासन कार्यालयमा घटनाबारे सर्वपक्षीय छलफल भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार जन्ती गएका हिन्दु समुदायका व्यक्तिहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो। मुस्लिम समुदायले रमजानको नमाज भइरहेको समयमा डिजे बजाएर अवरोध पुर्याइएको आरोप लगाएको छ। शनिबार दुई समूहबीच झडप हुँदा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी भएको प्रहरीले पुष्टि गरेको छ।
स्थिति नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन गरिएको छ भने प्रशासनले दुवै समुदायलाई संयमित रहन आग्रह गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
११:२५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्